भतरपुरमा पुनः मतदान गर्न निर्वाचन आयोगको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भतरपुरमा पुनः मतदान गर्न निर्वाचन आयोगको निर्देशन


प्रशासन विशेष ब्युरो

२० जेष्ठ २०७४, शनिबार


काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ ।

आयोगको शनिबार बसेको बैठकले मतपत्र च्यातिएको घटनाबारे मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन तथा जिल्ला निर्वाचन कार्यालय चितवन र आयोगबाट खटिएको अनुगमन टोलीको प्रतिवेदनका आधारमा आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले च्यातिएका मतपत्रको संख्यासमेत यकिन गरेर पठाएपछि आयोग पुनः मतदान गर्ने निष्कर्षमा पुगेको हो ।

जेठ १४ गते वडा नं. १९ को मतगणना भइरहेकाबेला विवाद हुँदा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्याते लगत्तै मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतपत्र शील गर्दै अनिश्चितकालका लागि मतगणना स्थगित गरेका थिए ।

गठबन्धन बनाएर चुनाव लडेका कांग्रेस र माओवादी केन्द्रले पुनः मतदानको माग गरेका थिए भने एमाले मतगणनालाई निरन्तरता दिनुपर्ने अडानमा थियो ।

प्रतिक्रिया दिनुहोस