अनशनकारी अस्पताल भर्ना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अनशनकारी अस्पताल भर्ना


१९ जेष्ठ २०७४, शुक्रबार


डडेल्धुरा । नेपाली काँग्रेसले न्यायोचित रुपमा स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्नुपर्ने माग राख्दै आमरण अनशनमा बसेका तिलक हमाल अस्पताल भर्ना भएका छन् ।

पुराना र योग्य र जनमत भएका व्यक्तिलाई टिकट दिइनुपर्ने माग राख्दै मङ्गलबार बिहान १० बजेदेखि आमरण अनशनमा बसेका हमाललाई स्वास्थ्य अवस्था कमजोर भएपछि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पुर्याइएको काँग्रेस डडेल्धुराका कार्यालय सचिव राम विष्टले जानकारी गराए । आज बिहानदेखि बोल्न पनि नसक्ने अवस्थामा पुगेपछि हमाललाई अस्पताल लगिएको हो ।

काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा स्थानीय तहको निर्वाचनका लागि टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै काँग्रेस पार्टी कार्यालय डडेल्धुरामा गन्यापधुरा गाउँपालिकाका हमाल चार दिनदेखि आमरण अनशनमा बसेका हुन् ।

कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठान डडेल्धुरामा रहेको काँग्रेसको पार्टी कार्यालयको मुख्य ढोकामा नै हमाल आमरण अनशनमा बसेका हुन् । अनशनकारी हमालले आज बेलुका नै आमरण अनशन छाड्ने जानकारीसमेत गराएका छन् । नेतृत्वबाट माग पूरा हुने जनाएपछि उनले अनशन तोड्ने भएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस