२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छानबिन टोलीद्वारा दलका प्रमुखसँग छट्टाछुट्टै छलफल

अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा आइतबार राति मतपत्र च्यातिएको विषयमा निर्वाचन आयोगले गठन गरेको छानबिन टोलीले आज बिहानैदेखि जिल्लाका राजनीतिक दलका प्रमुखसँग छुट्टाछुट्टै भेट गरी घटनाको बारेमा जानकारी लिएको छ ।

आयोगले सहन्यायधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो । सोमबार नै यहाँ आएर काम थालेको सो टोलीले आज बिहान नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र नयाँ शक्तिका जिल्ला अध्यक्षसँग छलफल गरिसकेको छ ।

मजदुर किसानपार्टी, नेकपा माले लगायतका साना दलका प्रमुखसँग पालैपालो छलफल भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले जानकारी दिए ।

नेपाली काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठकाअनुसार टोलीले घटनाका सम्बन्धमा प्रत्यक्ष्यदर्शीसंग भएका व्यहोरा बताउन भनेको थियो । साथै सो घटनालाई सहजीकरण गर्ने सम्बन्धमा पनि जानकारी लिएको उनले बताए ।

नेकपा एमालेका जिल्लाअध्यक्ष कृष्णभक्त पोख्रेलले विगतका नजिर बिग्रनेगरी पुनःमतदान गर्नुभन्दा सबै मतपत्र सङ्कलन गरी मतगणना गर्न सुझाव दिएको बताए ।

टोलीका पदाधिकारीसहित प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल प्रहरीका क्षेत्रीय प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश केसी, भरतपुरस्थित श्री दि फेमस महेन्द्रदल गणका गणपति सुरेन्द्र सापकोटा, आयोगको टोलीमा आउनुभएका सहजकर्ता उपसचिव कृष्ण अधिकारीसहितको रोहोवरमा दलका प्रतिनिधिसँग पालैपालो घटनाका विषयमा जानकारी लिन छलफल भइरहेको छ ।

सो टोलीको दलका प्रमुखसँगको छलफलपछि आजै घटनास्थलको स्थलगत अध्ययन गरी फर्कने कार्यक्रम छ । बुधबार निर्वाचन आयोगलाई टोलीले दिने प्रतिवेदनको आधारमा आयोगले मतपत्र च्यातिएको भरतपुर महानगरपालिका – १९ को पुनः मतदान गर्ने वा मतगणना सुरु गर्ने विषयमा निर्णय लिने छ । आयोगले सोमबार टोली गठन गरेसँगै तत्काल टोली यहाँ आएर साँझनै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीको टोली प्रमुख लगायत गणनामा सहभागी कर्मचारीसँग पनि छलफल गरेको थियो ।

आइतबार राति ११ः४४ बजेको समयमा मतगणना हुँदै गर्दा मतपत्र च्यातेको आरोपमा प्रहरीले माओवादीका दुई प्रतिािधिलाई नियन्त्रणमा लिएको छ । मतपत्र माओवादीका प्रतिनिधिले च्यातेको एमालेको आरोप छ भने माओवादीले एमालेका प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि रोक्ने क्रममा मतपत्र च्यातिएको विज्ञप्ति मार्फत जनाएको छ ।

माओवादी र काँग्रेसले मतपत्र च्यातिएको भरतपुर महानगरपालिका–१९ को मतदान पुनः गर्नुपर्ने माग गरेका छन् भने एमालेले च्यातिएको मत पत्र बदर गरी बाँकी मतपत्र गणना गर्नुपर्ने जनाएको छ ।

दलका प्रतिनिधिले मतगणनास्थलको ढोकामा बसेर मतपत्रको सुरक्षा दिइरहेका छन् । भरतपुर महानगरपालिका– १९ को मतगणना अन्तिमचरणमा पुग्न लाग्दा मतपत्र च्यातिएको थियो । अव वडा नं. २० को मात्र मतगणना बाँकि छ । महानगरपालिकामा प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भन्दा सात सय ३३ मतले अगाडि रहेका छन् । महानगरमा एक लाख १२ हजार ७४१ मत खसेको थियो ।

यसैबीच एमालेले आज बिहान नारायणगढबाट सुरु गरेको विरोध र्याली मतगणनास्थल बाहिर आएर धर्नामा परिणत भएको छ । तत्काल मतगणनाको माग गर्दै एमालेले विरोधस्वरुप धर्ना कार्यक्रमको आयोजना गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस