गोरङखोलामा झोलुङ्गे पुल निर्माण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गोरङखोलामा झोलुङ्गे पुल निर्माण


१६ जेष्ठ २०७४, मंगलबार


म्याग्दी । धौलागिरि गाउँपालिका– ४ मुदीको नेरवाङस्थित गोरङखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

३९ लाख ११ हजार ३२४ को लागतमा निर्मि ८५ मि लामो झोलुङ्गे पुलबाट तीन सय घरधुरीका एक हजार ८४० जनसङ्ख्या लाभान्वित भएका छन् । स्वाप, स्वीस राजदूतावास, टिसकएसयु, आरटिएपी, जिल्ला समन्वय समिति र साविक मुदी गाविसको आर्थिक एवम् मिलन म्याग्दीको प्राविधिक सहयोगमा स्थानीय बासिन्दाले रु ७५ हजार बराबरको श्रमदान गरेर झोलुङ्गे पुल निर्माण भएको वडा सचिव सोमबहादुर खत्रीले जानकारी दिए ।

वि.सं. २०७२ साउन १४ गते रातिको पहिराले नेरवाङमा गोठ पुर्दा चार जनाको ज्यान गएको थियो भने बाढीले गोरङखोलाको पुल बगाएको थियो । पुल बगाएपछि स्थानीय बासिन्दा साँघु (काठको अस्थायी पुल) बनाएर आवतजावत गर्दै आएका थिए । नवनिर्मित पुलको सोमबार धौलागिरि गाउँपालिकाको अध्यक्ष थमसरा पुनले उद्घाटन गरे । रासस

प्रतिक्रिया दिनुहोस