Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आयोगद्वारा आव २०७४/७५ को बजेट पारित


१५ जेष्ठ २०७४, सोमबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७४/७५ को आयव्यय विवरण (बजेट) पारित गरेको छ ।

प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट पारित गरेको उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए ।

“बजेटका लागि के के कार्यक्रम राख्ने भनी आयोगको पूर्ण बैठकले पारित गरेको छ, १४औँ योजनामा तोकेका कार्यक्रम, संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको दिगो विकासका लक्ष्यलाई बजेटमा प्राथमिकता दिइएको छ, संविधानमा स्थानीय तहलाई सङ्घीय संरचनाअनुसार दिएको कामलाई बजेटले सरल बनाइदिएको छ”–उनले भने ।

आयोगले पारित गरेको बजेट मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरी सोमबार अपराह्न ४ बजे बस्ने व्यस्थापिका–संसद्को बैठकमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गर्ने कार्यक्रम छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस