जनआन्दोलनका गम्भीर घाइते मुकेश कायस्थलाई सम्मान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जनआन्दोलनका गम्भीर घाइते मुकेश कायस्थलाई सम्मान


१५ जेष्ठ २०७४, सोमबार


बनेपा । बनेपा नगरपालिकामा रहेका जनआन्दोलनका गम्भीर घाइते तथा ज्यूँदो सहिद मुकेश कायस्थलाई सोमबार सम्मान गरिएको छ । उनको निवास पुगेर गणतन्त्र दिवस आयोजक जिल्ला समितिबाट सम्मान गरिएको हो ।

बाह्र वर्षदेखि अर्धचेत अवस्थामा रहेका मुकेशलाई प्रम्ख जिल्ला अधिकारी शिवप्रसाद सिङ्खडा, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी कोमल धमला र धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले संयुक्त रुपमा सम्मान गरेका थिए ।

सो अवसरमा मुकेशकी आमा मिरा कायस्थले उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुका साथै नियमित जाँचका लागि चिकित्सकको व्यवस्था गर्न अनुरोध गरेका थिइन । जनआन्दोलका क्रममा मुकेश प्रहरीको गोली लागेर गम्भीर घाइते भएका थिए । यसअघि प्रभातफेरी आयोजना गरिएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस