पेरिस जलवायु सम्झौताबारे निर्णय अर्को हप्ता दिनेः ट्रम्प « प्रशासन
Logo ११ चैत्र २०७९, शनिबार
   

पेरिस जलवायु सम्झौताबारे निर्णय अर्को हप्ता दिनेः ट्रम्प


१४ जेष्ठ २०७४, आइतबार


इटाली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुचर्चित पेरिस जलवायु सम्झौताका विषयमा आफ्नो निर्णय अर्को हप्ता दिने शनिबार बताएका छन् ।

आफ्नो चुनावी अभियान र त्यसपछिका दिनमा जलवायु परिवर्तनबारे कटु आलोचना गर्दै आएका ट्रम्पले इटालीको सिसिलीमा भइरहेको जी–७ सम्मेलनबाट ट्वीट गर्दै भनेका छन, “मैले पेरिस सम्झौताबारे अन्तिम निर्णय अर्को हप्ता दिनेछु ।”

सम्मेलनस्थलमा अमेरिकाका सहयोगी राष्ट्रहरुद्वारा विश्वव्यापी तापक्रम वृद्धिलाई नियन्त्रण गर्न भनी विश्वका अधिकांश मुलुकले सहमति जनाएको पेरिस जलवायु सम्झौतामा अमेरिकाको पनि प्रतिबद्धताका लागि आएको दबाबपछि ट्रम्पको सो सन्देश आएको हो । रासस/ एएफपी

प्रतिक्रिया दिनुहोस