गोमा एयरको कार्गो विमान लुक्लामा दुर्घटना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गोमा एयरको कार्गो विमान लुक्लामा दुर्घटना


प्रशासन विशेष ब्युरो

१३ जेष्ठ २०७४, शनिबार


लुक्ला । गोमा एयर (समिट एयर) को कार्गो विमान तेन्जिङ हिलारी बिमानस्थल लुक्लामा अवतरणको क्रममा दुर्घटनामा परेको छ ।

नाईन एनएकेए कल साइन भएको विमान दुर्घटना दुर्घटना भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।

विमानमा रहेका क्याप्टेन पारसकुमार राइ र को पाइलट सृजन मानन्धरको खोजी भइरहेको र परेकाहरुको उद्धार कार्य जारी रहेको र घाइते एयर होस्टेस प्रज्ञा मानन्धरको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

मौसमको खराबीका कारण उद्धारमा कठिनाइ भएको अधिकारीहरुले बताएका छन् । हावाको चापको कारण दुर्घटना भएको हुनसक्ने जानकारी दिँदै ठाकुरले भने विमान धावन मार्ग बाहिर पुगेको छ ।

विमान काठमाडौंबाट साढे १ बजे उडेको थियो । २ बजेर ४ मिनेटमा बिमान दुर्घटना भएको बताइएको छ । फोटोः एलिना लोप्चन 

Tags :
प्रतिक्रिया दिनुहोस