अफगानिस्तानमा कार बम हमलामा १८ जनाको मृत्यु « प्रशासन
Logo १७ चैत्र २०७९, शुक्रबार
   

अफगानिस्तानमा कार बम हमलामा १८ जनाको मृत्यु


१३ जेष्ठ २०७४, शनिबार


अफगानिस्तान । अफगानिस्तानको पुर्वी सहर खोस्टमा शनिबार भएको आत्मघाती कार बम हमलामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

‘क्याम्पीयन फोर्स’ नामक स्थानीय सुरक्षा अधिकारीलाई लक्षित गरी आक्रमण भएको अधिकारीले बताएका छन् ।

विस्फोटनका कारण सुरक्षाकर्मीसहित स्थानीय बासिन्दा पनि प्रभावित भएको श्रोतले सिन्ह्वालाई जानकारी दिएको छ ।

ट्याक्सी पार्क गर्ने ठाउँ नजिकै विस्फोट भएको र सुरक्षाकर्मी आफ्नो शिविरतर्फ गइरहेको बेला कार बम हमला भएको थियो ।

घटनामा परी कैयौँं स्थानीय बासिन्दा घाइते भएका छन् । घटनास्थल पाकिस्तानसँगको सीमा क्षेत्रमा पर्दछ ।

घटनाका बारेमा अहिलेसम्म कुनै पनि समूहले जिम्मेबारी लिएको छैन । रमजानको तयारी भइरहेका बेला आक्रमण भएको हो । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस