गजल « प्रशासन
Logo ११ चैत्र २०७९, शनिबार
   

गजल


१३ जेष्ठ २०७४, शनिबार


जय देउ भनेर पाइदैन, पूर्खाले जदौ मालिक भनेकै हुन्
जमीन जोत्नेको हुँदैन रहेछ, पूर्खाले बाँझो खनेकै हुन्

घाँस काट्ने, गाई चराउनेले दूध दही र घ्यू खान पाएनन्
हाम्रा बालकले मालिकका गाईबस्तु सकिनसकी गनेकै हुन्

कमजोरले पाएनन् पसिनाको ज्याला र पिछडिएका छन्
गरीबका पसिना चुसाह यहाँ धनाढ्य र बलिष्ठ बनेकै हुन्

अन्यायका विरुद्ध नबोली कहाँ स्वतन्त्रता पाईएको छ
जातिय विभेद र छुवाछुतको बेइज्जत चुपचाप सहेकै हुन्

नयाँ मान्छे अब चुप लाग्दैन बोल्दैछ अन्यायका विरुद्ध
भेडा सोचेर मान्छेलाई मान्छेले पशु सरह व्यवहार गरेकै हुन्

प्रतिक्रिया दिनुहोस