गजल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गजल


१३ जेष्ठ २०७४, शनिबार


कहाँ गयौ आज ठूला–ठूला भाषण गर्नेहरु
देशका निम्ति भन्दै रगतको खोलो छर्नेहरु

म रोएको धेरै भयो भन्छिन् आज आमा
आमा भन्दै बिलायौ क्यारे हिजो मर्नेहरु

लुछाचुँडि चलेका आज आमा बेच्नलाई
हराउँदै छौ देशलाई सधै परनिर्भर पर्नेहरु

जता हेर्यो उतै उदाङ्ग आतंक छ नेपालमा
इज्जत बिर्सिएछन् कुर्सितिर बसाई सर्नेहरु

आमा भन्ने एउटै सन्तान जन्माइनछौ तिमीले
मात्र भए बेइमानी रमिताको मेला भर्नेहरु

प्रतिक्रिया दिनुहोस