“मेवाको बोट र जिन्दगी” « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

“मेवाको बोट र जिन्दगी”


१३ जेष्ठ २०७४, शनिबार


गलेको रहेछ भित्रभित्रै
सडेको रहेछ
मेवाको बोट
जीवन बोकि हरियो, जीवनको सम्बाद
मँ संग गरिरहेथ्यो ।
हेर्दाहेर्दै ढल्यो, भूईँमा बजारियो ।
कस्तो जिन्दगी ? गलेको थाहै नहुने …

मेवाको बोट ढलेर गयो ।
मँ अझै चुईमाली खेल्दैछु
ढल्नु अघिको बोटमा ।
उस्को गिरावट मैले हेर्दैगर्दा
मेरो नाजुकता उस्ले देखेन,
कसैले देख्दैन ।

भित्रभित्रै गलेको यो जिन्दगी
झिलिक्कै प्रतिबिम्बित भएकोछ
ऐनामा घाम झैँ
मेवाको बोटमा ।
कति सजिलै, अति सहजै
जिन्दगीको जटिलता गर्भमै पालेर ।
अनपेक्षित गलाएर ।

जे गर्नूँछ गरिहाल् भनेर
जे भन्नूँछ भनिहाल भनेर
जे दिनूँछ दि हाल् भनेर
मलाई
पल पलमा झस्काईरहनेछ
त्यो ढलिजाने मेवाको बोटले ……

प्रतिक्रिया दिनुहोस