२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोवल नेपाली फिल्म अवार्ड आठ विधामा थप

अ+ अ-

काठमाडौँ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्षदेखि ‘ग्लोवल नेपाली फिल्म अवार्ड’का विभिन्न आठ विधा थप गरिएको छ ।

नेपाल फिल्म सोसाइटीलगायतले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार कृष्ण मल्लले स्वदेशी चलचित्र र चलचित्रकर्मीलाई प्रोत्साहित गर्ने उद्देश्यले अघिल्लो वर्षदेखि संयुक्त राज्य अमेरिकाको कोलोराडोमा स्थापित सो अवार्ड विभिन्न १२ विधामा प्रदान गरिँदै आएकोमा अब २० विधामा पुरस्कार प्रदान गरिने जानकारी दिए ।

उत्कृष्ट कलाकार, निर्देशक, नायक तथा नायिका, लोकप्रिय चलचित्रलगायत विधामा दिइँदै आएको सो अवार्ड (पुरस्कार) अब सङ्गीत, रचनाकार, छायाकार तथा गायकलगायतलाई थप गरिएको छ ।

दोस्रो संस्करण आगामी भदौ २ गते संयुक्त राज्य अमेरिकाको कोलोराडोमा हुने कार्यक्रम तय भएको छ ।

‘ग्लोवल नेपाली फिल्म अवार्ड’का अध्यक्ष नवराज श्रेष्ठले नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउन सकेमा मुलुकमा पर्यटन क्षेत्रको अभिवृद्धि गर्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा कलाकार वसुन्धरा भुसाल, सुनिल थापा, नायक पुरन जोशीलगायतले नेपाली चलचित्र क्षेत्रको विकासका लागि सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस