काँग्रेसले सुरु गर्यो चुनावी अभियान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काँग्रेसले सुरु गर्यो चुनावी अभियान


१२ जेष्ठ २०७४, शुक्रबार


भोजपुर । आन्तरिक विवादका कारण उम्मेदवार टुङ्गो लगाउन लामो समय लगाएका भोजपुरका राजनीतिक दलले चुनावी अभियान सुरु गरेका छन् ।

नेपाली काँग्रेसले भोजपुर सदरमुकामबाट बिहीबार र्यालीसहित विशाल शक्ति प्रदर्शन गरी अभियान सुरु गरेको छ ।

दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी कार्यक्रमलाई तीव्रता दिन लागेको भोजपुर नगरपालिकाको प्रमुख पदका काँग्रेस उम्मेदवार कैलाशकुमार आलेले जानकारी दिए ।

आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई भोजपुरकोे दुई नगरपालिका र सात गाउँपालिकामा विजय गराउन विभिन्न स्थानमा आमसभा तथा घरदैलो कार्यक्रम गरी मतदानका लागि आग्रह गर्ने उनले बताए ।

यता नेकपा माओवादी केन्द्र बाहेक अन्य दलले उम्मेदवार चयन गर्न सकिरहेका छैनन् भने भोजपुर जिल्लामा सबैभन्दा बढी चुनावी कार्यक्रममा माओवादी केन्द्र सक्रिय रहेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस