हाइड्रोसिलका बिरामीलाई निःशुल्क सेवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हाइड्रोसिलका बिरामीलाई निःशुल्क सेवा


११ जेष्ठ २०७४, बिहिबार


नुवाकोट । हाइड्रोसिल अण्डकोषमा पानी जमेर देखापर्ने रोग भएका बिरामीका लागि जिल्ला अस्पताल त्रिशूलीले निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ ।

औषधि सेवनबाट उपचार सम्भव नभएको हाइड्रोसिल बिरामीका लागि आजदेखि सुरु भएको सेवा असार मसान्तसम्म जारी रहने जिल्ला अस्पताल त्रिशूलीका मेडिकल अधिकृत डा. राजेन्द्र लामाले जानकारी दिए । हाइड्रोसिल रोगबाट पीडित शल्यक्रिया गर्नुपर्ने बिरामीलाई जिल्ला अस्पालमा नै निःशुल्क सेवा उपलब्ध गराएकाले यसबाट लाभ लिन सबैमा उनले आग्रह गरे ।

हाइड्रोसिल दुई प्रकारका जन्मजात र पछि देखापर्ने बिरामी हुने भए पनि अस्पतालले पछि देखापरेको हाइड्रोसिलका बिरामीलाई लक्षित गरी सेवा दिन लागेको जनाएको छ । समयमै उपचार भएमा हाइड्रोसिल रोग पूर्ण निको हुने भएकाले निःशुल्क उपलब्ध गराइएको सेवामा जिल्लामा रहेका बिरामी सबै समेटिने विश्वास लिएको अस्पताल विकास समितिका अध्यक्ष अरुणकुमार श्रेष्ठले बताए ।

जिल्ला अस्पताल त्रिशूलीले अहिले महिलाको पाठेघर (आङ) खस्ने रोगको निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको छ । अर्को महिनादेखि नवजात शिशु (जन्मेको २८ दिनभित्र)को समेत उपचार सेवा सञ्चालनमा ल्याउने जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस