कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ


११ जेष्ठ २०७४, बिहिबार


दमक । कर्तव्य ज्यान मुद्दामा फरार एक जना अभियुक्त सोह्र वर्षपछि पक्राउ परेको छ ।

पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–४ का ५३ वर्षीय हर्कबहादुर राई रहेका छन् । राईमाथि सोही नगरपालिका बस्ने भक्तबहादुर राईलाई २०५८ साल पुस ८ गते हत्या गरी फरार रहेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस