संसद बैठक पुनः ७ बजे बस्ने गरी सुचना प्रकाशित गरी सर्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संसद बैठक पुनः ७ बजे बस्ने गरी सुचना प्रकाशित गरी सर्यो


९ जेष्ठ २०७४, मंगलबार


काठमाडौँ । व्यवस्थापिका–संसद्को बैठक एकपछि अर्का गर्दै सरेको छ । मंगलबार बिहान ११ बजेका लागि तय गरिएको बैठक एक बजे हुँदै अपराह्न तीन बजेका लागि सरेको थियो ।

प्रमुख दलबीच संसद् चलाउने विषयमा सहमति हुन नसकेपछि संसद् सचिवालयले एकपछि अर्को गर्दै बैठक सरेको छ । सचिवालयले पुनः ७ बजे बस्ने गरी बैठक सरेको सूचना प्रकाशित गरि जानकारी दिइएको छ ।

संसद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बर्खे अधिवेशनका रुपमा सोमबारदेखि सुरु भएको बैठकको आजको कार्यसूचीमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४÷७५ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् भन्ने रहेको छ ।

स्थानीय तहको सङ्ख्या वृद्धिको विषयमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले बैठक अवरोध गर्ने जनाएको छ । दलहरुबीच सहमति जुटाएर संसद् सञ्चालन गर्ने विषयमा संसद् भवन नयाँबानेश्वरमा दलहरुबीच छलफल भए पनि हालसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस