२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पाका किसानलाई मोबाइल फोन वितरण

अ+ अ-

पाल्पा । जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न जिल्लाका किसानलाई मोबाइल फोन वितरण गरिएकोछ । यहाँका ४३ वटा अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र जलवायुको विषयमा जानकारीका दिनका लागि मोबाइल फोन वितरण गरिएको हो ।

कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना व्यवस्थापन एकाइले मोबाइल फोन वितरण गरेको हो ।

कृषि व्यवस्थापन सूचना प्रणाली कार्यक्रमअन्तर्गत कृषि मौसम र जलवायुसम्बन्धी जानकारी सहजरुपमा पाउनका लागि सिमकार्डसहित मोबाइल फोन वितरण गरिएको गरिएको हो ।

किसानलाई जानकारीमूलक उत्पादनका प्रचारप्रसार, उत्पादन वृद्धिका लागि कृषि जलवायु तथा प्रविधिजडित जानकारीमूलक कृषि एप्ससहितको मोबाइल फोनसँगै मोबाइल रेनगेज, तापक्रम नाप्ने थर्मोमिटर वितरण गरिएको छ ।

मोबाइलबाट किसानले कृषिसम्बन्धी प्रश्न उत्तर, मौसमका बारेमा जानकारी, सूचना तथा जानकारीको अपडेट, कृषि र किसानको सफलताको कथालगायतका कुरा मोबाइलबाटै थाहा पाउने छन् ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले किसानले सूचना प्रविधिलाई प्रयोग गरेर व्यावसायिक कृषि प्रणालीमा अगाडि बढाउन सहज हुने बताए ।

कृषि सूचना सम्प्रेषणका लागि मोबाइल फोन पाएपछि यहाँका किसान निकै उत्साहित भएको रामपुरका अगुवा कृषक सूर्यप्रसाद रेग्मी बताए । रासस

प्रतिक्रिया दिनुहोस