२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाल विवाह न्यूनीकरण कार्यक्रम सञ्चालन

अ+ अ-

रोल्पा । रोल्पा जिल्लामा बाल विवाहको दर अधिक रहेको भन्दै यसको न्यूनीकरणका लागि महिला तथा बालबालिका कार्यालय, रोल्पाले किशोरी शिक्षा सञ्चालन गरेको छ ।

सानै उमेरमा विद्यालय छोडी विवाह गर्ने प्रवृत्ति धेरै रहेकाले विद्यालय छाडेकाहरुलाई पुनः विद्यालय फर्काउन तथा अन्य सीप विकास एवम् आयआर्जनका क्रियाकलाप गरी विवाह गर्ने उमेर नपुगेसम्म व्यस्त बनाउनका लागि यस्तो कार्यक्रम गरिएको बताइएको छ ।

देशमै रोल्पा जिल्लामा बाल विवाहको दर अधिक रहेका कारण यसको न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको महिला तथा बालबालिका कार्यालय, रोल्पाले बताएको छ ।

किशोरीहरुको आर्थिक र सामाजिक सशक्तीकरण गर्ने भन्दै महिला तथा बालबालिका कार्यालय, रोल्पाको आयोजना र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या विकास कोषको प्राविधिक सहयोगमा किशोरी शिक्षा सञ्चालन हुँदै आएको छ । किशोरीहरुको सामाजिक तथा आर्थिक सशक्तीकरण गर्दै बाल विवाह न्यूनीकरण र लैङ्गिक हिंसा अन्त्य गर्न यस्तो कार्यक्रम सञ्चालन गरिएको संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या विकास कोषका प्रतिनिधि पूर्णबहादुर विश्वकर्माले जानकारी दिए ।

आफ्नो जीवनलाई आत्मनिर्भर र सक्षम नबनाउँदासम्म हिंसा खेपिरहनुपर्ने भएकाले भविष्यमा समेत सम्भावित लैङ्गिक हिंसाबाट बच्न यस्तो कार्यक्रम गरिएको सहजकर्ता तीर्था आचार्यले बताए ।

बिहेवारी २० वर्षपारि भनिए पनि जिल्लामा अधिकतम किशोरी बाल विवाहको सिकार हुने गरेकाले उनीहरुलाई सचेत गर्न कार्यक्रम सफल हुने आचार्यले बताए ।

जिल्लाका खुङ्ग्री, खुमेल, कोटगाउँ, राँकोट, राँसी, डुब्रिङ, दुवीडाँडा र लिवाङ गाविसमा सञ्चालित सो कार्यक्रममा विद्यालय जाने उमेरका १३ देखि १९ वर्ष उमेर समूहका किशोरीका लागि सो कार्यक्रम लक्षित गरिएको महिला तथा बालबालिका कार्यालयले बताएको छ ।

जिविस, रोल्पाले जिल्लाका १७ गाविसलाई अत्यधिक बाल विवाह हुने गाविसका रुपमा लिँदै उल्लिखित गाविसमा विभिन्न निकायको सहयोगमा बाल विवाह न्यूनीकरणका विरुद्ध विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस