गजल « प्रशासन
Logo ७ चैत्र २०७९, मंगलबार
   

गजल


६ जेष्ठ २०७४, शनिबार


कहिले दायाँ कहिले बायाँ कुरो मिल्छ कसरी
परिश्रमको आगो निभे दियो बल्छ कसरी

बिचारहरुको जोर पल्ला जोखिन्छन् यहाँ
यस्तै हो भने देशको सौन्दर्यतामा बैँस फुल्छ कसरी

कर्मठ कर्मशिल युवाहरु विदेश तिर पोखिँदा
बाझै छन् गाउँका खेतबारी अन्न झुल्छ कसरी

निस्पट्ट निसास्सिएको अन्धकार नछिचोल्दा
कुहिरोले ढाकिएको गुम्म बादल खुल्छ कसरी

चिरा चिरा भै धाजा फाटेका टुक्राहरुमा
न्यानो स्पर्शको रङ र मौसम घुल्छ

प्रतिक्रिया दिनुहोस