नौकुण्डमा काँग्रेस विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नौकुण्डमा काँग्रेस विजयी


३ जेष्ठ २०७४, बुधबार


रसुवा । नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नुर्पु साङ्वो दुई हजार ३०१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकप एमालेका म्लाङदुङ मोक्तानले एक हजार ७१७ मत प्राप्त गरे । सो गाउँपालिकाको उपाध्यक्षमा एमालेका सिर्जना तामाङले एक हजार ६०९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नयाँ शक्ति पार्टी नेपालका युटी लमिनीले एक हजार ५२६ मत प्राप्त गरेको निर्वाचन अधिकृत अशोकराज रेग्मीले जानकारी दिए ।

रसुवाका पाँचवटा गाउँपालिकामध्ये पार्वतीकुण्डको मात्र मतपरिणाम आउन बाँकी छ । रासस

प्रतिक्रिया दिनुहोस