२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदुर र तारकेश्वरमा एमाले तथा ककनी, शिवपुरी र तादीमा कांँग्रेसको अग्रता

अ+ अ-

नुवाकोट । जिल्लामा नौ स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ ।

विदुर र बेलकोटगढी नगरपालिका तथा ककनी, तारकेश्वर, तादी, शिवपुरी, लिखु, सूर्यगढी र मेघाङ गाउँपालिकामा मतगणना भइरहेको छ । अहिले विदुरको वडा नं १ को मतगणना भइरहँदा नेकपा एमालेबाट प्रमुृखका उम्मेदवार सञ्जु पण्डितले दुई सय , नेपाली काँग्रेसका धु्रव अधिकारीले एक सय ३६ र नेकपा माअ‍ोवादी केन्द्रका लीलानाथ न्यौपानेले २१ मत ल्याएका छन् । तादीमा अहिलेसम्म कांग्रेसबाट अध्यक्षका उम्मेदवार नारायणप्रसाद पाण्डेले तीन सय ४८, एमालेका केपी लामिछानेले दुई सय ८५ र माओवादी केन्द्रका मानसिंह तामाङले एक सय ५४ मत ल्याएका छन् ।

ककनीमा अध्यक्षमा कांँग्रेसका दीपेश लामाले ५१, माओवादी केन्द्रका मानबहादुर लामाले ४० र एमालेका जितबहादुर बलामीले ३८ मत ल्याएका छन् । बिहान ४ बजेदेखि सुुरु भएको ककनी – १ को मतगणना जारी छ ।

तारकेश्वरमा एमालेबाट अध्यक्षका उम्मेदवार रमेश वस्तीले ३९, कांग्रेसका उम्मेदवार चोकराज शाक्यले २९ र माओवादी केन्द्रका राजेन्द्र न्यौपानेले १७ मत ल्याएका छन् । यस्तै शिवपुरीमा कांग्रेसका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाले ७८ तथा एमालेका पदम उप्रेती र माओवादी केन्द्रका मीनबहादुर तामाङले ५६– ५६ मत आएको छ ।

पञ्चकन्यामा बिहान १० बजेदेखि मतगणना गरिने दलीय सहमति भएको छ । बेलकोटगढी – १ बाट मतगणना सुरु भएको छ । यस्तै सूर्यगढीको वडा नं. १ बाट मतगणना आरम्भ भएको छ । यस्तै किस्पाङमा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । दलीय सहमतिपछि केही समयमा नै मतगणना आरम्भ गरिने किस्पाङ गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै मेघाङमा पनि भर्खरै मतगणना सुरु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस