कालीकोटमा एक जनाको ज्यान गयो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कालीकोटमा एक जनाको ज्यान गयो


१ जेष्ठ २०७४, सोमबार


कालीकोट । जिल्लाका नरहरिनाथ गाउँपालिकाअन्तर्गत नन्दादेवी मावि, सेरापाटा मतदान केन्द्रमा गएराति भएको सेना प्रहरी र नेपाल कम्युनिस्ट पार्टीबीचको दोहोरो झडपमा परी घाइते भएका एक जनाको सोमबार बिहान मृत्यु भएको छ ।

सो झडपमा नरहरिनाथ गाउँपालिका साविकको माल्कोट गाविस–५० निवासी धनरुप बटालाको मृत्यु भएको हो । उनको उपचार नपाएर मृत्यु भएको स्थानीयवासीले बताएका छन् । अन्य पाँच जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीले चलाएको गोलीबाट बटाला सख्त घाइते भएका थिए ।

अहिले सो क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर पठाइएको र व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गिरिधारी सुवेदीले बताए । अहिले जिल्ला सदरमुकाम मान्ममा सर्वदलीय बैठक बसिरहेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस