Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जुम्लामा मतगणना सुरु, चन्दननाथमा काँग्रेस अगाडि


१ जेष्ठ २०७४, सोमबार


जुम्ला । जिल्लाको चन्दननाथ नगरपालिका, पातारासी, हिमा, कनकासुन्दरी गाउँपालिकामा मतगणना सुरु भएको छ ।

चन्दननाथ नगरपालिकाको एक वडाबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए । पहिलो चरणमा ११२ मतगणना भएको उनले बताउनुभयो । जसमा नेपाली काँग्रेस प्रमुखका उम्मेदवार कान्तिका सेजुवालले ६६, उपप्रमुख जगतबहादुर खत्रीले ५३, नेकपा(माओवादी केन्द्र) का प्रमुखका उम्मेदवार अशोक श्रेष्ठले २८ र उपप्रमुख अप्सरा ज्यौपानेले ३० मत र नेकपा (एमाले) प्रमुखका उम्मेदवार शान्तिलाल महतले १०, उपप्रमुख मेनका रेग्मी चौलागाईंले आठ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए ।

त्यसैगरी नेपाली काँग्रेस वडाध्यक्षका उम्मेदवार जयबहादुर रावलले ६७ मत, नेकपा (माओवादी केन्द्र)का वडाध्यक्षका उम्मेदवार अमृतकृष्ण आचार्यले २५ मत र नेकपा(एमाले) वडाध्यक्षका उम्मेदवार दयादत्त हमालले १३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले जनाए । गणना भएको मतमा दुई मत बदर भएको छ । जिल्लाका तीन गाउँपालिकाको मतपरिणाम सञ्चार सम्पर्क हुन् नसकेको थाहा भएको छैन । तिला, गोठीचौर, सिङ्जा र तातोपानी गाउँपालिकामा भने अहिले बिहानबाट मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस