गजल « प्रशासन
Logo ११ चैत्र २०७९, शनिबार
   

गजल


३० बैशाख २०७४, शनिबार


किन मुस्कुराउदैनन् ओठहरु बुझ्दैनन् कसैले
किन थपिएछन् चोटहरु बुझ्दैनन् कसैले

हटाइ देउ यो देशबाट अशान्तिको बादल
किन मेटिदैनन् खोटहरु बुझ्दैनन् कसैले

जनता लोटाइ लोटाइ खान पल्केका यहाँ
पेट भरी पेटि भरिन्छन् नोटहरू बुझ्दैनन् कसैले

ए बतास कति चल्छौ मुख मोडि देउ अब
ढाकिएछन् जुरमुराएका बोटहरु बुझ्दैनन् कसैले

ए बादल नल्याउ सुनामी को लहर यहाँ
किन पलाउदैनन् अठोटहरु बुझ्दैनन् कसैले

प्रतिक्रिया दिनुहोस