२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच वर्षभित्र काठमाडौँमा सबै पूर्वाधार बन्नेः नेपाली काँग्रेस

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले आगामी पाँच वर्षभित्र काठमाडौँमा आवश्यक सबै पूर्वाधार निर्माण गरिसक्ने दृढता प्रकट गरेको छ ।

आसन्न स्थानीय तह निर्वाचनमा पार्टीको तयारी बारे जानकारी दिन मंगलबार आयोजित पत्रकार भेटघाटमा काँग्रेस नेता नवीन्द्रराज जोशीले काठमाडौँका प्रत्येक वडामा उद्यान र सामुदायिक भवन निर्माण गर्ने र हराभरा काठमाडौँ सहर बनाउने प्रतिवद्धता व्यक्त गरे । सामुदायिक भवनलाई जनताका आवश्यक सूचना प्राप्त गर्ने सूचना बैंकका रुपमा विकसित गर्ने उनको कथन थियो ।

विगतमा काठमाडौँलाई काँग्रेसकै नेतृत्वमा महानगरपालिका घोषणा गरिएको जानकारी गराउँदै उनले भने, “काँँग्रेसले चुनाव जितेको भोलिपल्टै हनुमानढोकास्थित जिल्ला प्रहरी कार्यालय काठमाडौँ रहेको स्थानमा सम्पदा पार्क बनाउन काम थाल्नेछ ।”

काँग्रेसबाट काठमाडौँमा यहीँको माटोलाई बुझेका र खारिएका उम्मेदवारलाई चुनावी मैदानमा उतारेको प्रसङ्ग उल्लेख गर्दै उनले काठमाडौँ महानगरपालिकामा अन्य दलको गठबन्धनले आफ्नो पार्टीको विजयमा कुनै असर नपार्ने दाबी गरे ।

केही दलले संविधानमा उल्लेख भएको प्रमुख र उपप्रमुखमध्ये कुनै एक पदमा महिलाको प्रतिनिधित्व हुनुपर्ने अधिकार विपरीत गठबन्धन समेत गरेको बताउँदै नेता जोशीले काठमाडौँका जनता चेतनशील भएकाले त्यसको जवाफ निर्वाचनबाट दिने विश्वास व्यक्त गरे ।

काँग्रेसकै नेतृत्वमा मुलुकका सबै ठूला परिवर्तन सफल भएको उल्लेख गर्दै उनले भने, “स्थानीय तहको निर्वाचनमा पनि देशैभर काँग्रेसको लहर छ । पार्टी पहिलो हुने निश्चित छ ।” काँग्रेस कै नेतृत्वमा संविधानसभाबाट संविधान जारी हुन सकेको र त्यसको कार्यान्वयनका लागि पनि आफ्नै पार्टीको नेतृत्व अपरिहार्य भएको उनले बताए ।

“अब स्थानीय समुदायकै योजना र सहभागितामा स्थानीय विकास हुनेछ,” नेता जोशीले भने– “अब त्यो अभ्यास काठमाडौंबाट नै सुरु हुन्छ ।” काँग्रेसले स्थापनाकालदेखि नै राजनीति र विकासमा विकेन्द्रीकरणको अवधारणा ल्याएको उनको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस