२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण एसियाली योगामा नेपाल दोश्रो

अ+ अ-

काठमाडौं । प्रथम दक्षिण एसियाली योगा च्याम्पियनसिपमा नेपाल सोमबार दोश्रो भएको छ । नेपाल कूल २६ अंकसहित उपविजेता बनेको हो । पहिलो भएको भारतले ५९ अंक बटुल्यो भने तेश्रो स्थानमा चित्त बुझाएको बंगलादेशले ५ अंक प्राप्त ग¥यो ।

नेपाल योग खेलकुद संघद्वारा आयोजित प्रतियोगिताको ८-१२ वर्ष उमेरसमूह अन्तर्गत महिला टिममा भारत पहिलो र नेपाल दोश्रो भयो । ८-१२ वर्षको महिला व्यक्तिगतमा भारतकी स्देहना पुरकैत पहिलो, भारतकै कादम्भोरी उपाध्याय दोश्रो तथा नेपालका मनीषा गुरुङ र पुष्पा विके तेश्रो भए । ८-१२ वर्षको पुरुष व्यक्तिगतमा बंगलादेशका रोहन तस्रिकले स्वर्ण, नेपालका बुद्ध तामाङले रजत तथा नेपालका निकेश ज्योति र आशिष मर्सानीले कांस्य जिते । ८-१२ वर्षको पुरुष टिममा भारत पहिलो भयो भने दोश्रो स्थान नेपालले हासिल ग¥यो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताअन्तर्गत १२-१४ वर्षको पुरुष व्यक्तिगतमा भारतका संकल्प मइतीले स्वर्ण, भारतका सिद्धार्थ दाहारिया दोश्रो तथा भारतका अभि गुप्ता र नेपालका छिरिङ लामा तेश्रो भए । १२-१४ वर्षको महिला व्यक्तिगतमा भारतकी चन्दाश्री साहु पहिलो, भारतकी अंकिता दास दोश्रो तथा भारतकी पद्यमाश्री मोहन्ती र बंगलादेशका रुफइदा ताजमिम तेश्रो स्थानमा रहे । १२-१४ वर्षको महिला टिममा भारतले शीर्ष स्थान कब्जा ग¥यो भने नेपालले दोश्रो स्थान हात पा¥यो ।

१४-१८ वर्षको पुरुष व्यक्तिगतमा भारतका अयान दास पहिलो, नेपालका रोशन खनाल दोश्रो र नेपालका धनप्रसाद तेश्रो भए । १४-१८ वर्षको पुरुष टिममा भारतले पहिलो र दोश्रो स्थान प्राप्त ग¥यो भने नेपालले तेश्रो स्थानमा चित्त बुझायो । १४-१८ वर्षको महिला व्यक्तिगत स्पर्धामा भारतका खेलाडीले शीर्ष तीन स्थानको उपाधि हात पारे । अनुप्रभा दास पहिलो, प्रिया जन दोश्रो तथा तान्या चोधन र आचल शर्मा तेश्रो भए । १४-१८ वर्षको महिला टिममा भारतले स्वर्ण तथा नेपालले रजत हात पारे ।

१८ वर्षमाथि पुरुष व्यक्तिगतमा इन्द्रजीत रोय पहिलो, रविन्द्र माली र आयुश वर्मा तेश्रो भए । सबै खेलाडी भारतका हुन् । १८ वर्षमाथि पुरुष टिममा भारत पहिलो र नेपाल दोश्रो भयो । १८ वर्षमाथि महिला व्यक्तिगत इभेन्टमा भारतकी सोनिया कमिला पहिलो, भारतकी निशा भास्वानी दोश्रो तथा बंगलादेशकी फर्दुसी अक्तर औपी र भारतकी सपना अदित तेश्रो भए । १८ वर्षमाथि महिला टिममा भारत पहिलो र नेपाल दोश्रो भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, आयोजक संघका अध्यक्ष प्रा. डा. सूर्यबहादुर कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुई प्रतियोगितामा नेपालबाट ७६, भारतबाट ७० र बंगलादेशबाट १७ प्रतिस्पर्धीले विभिन्न उमेरसमूहमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस