राष्ट्रपतिसँग अमेरिकी कंग्रेसका सदस्यको भेट « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

राष्ट्रपतिसँग अमेरिकी कंग्रेसका सदस्यको भेट


प्रशासन विशेष ब्युरो

२५ बैशाख २०७४, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्रेटिक पार्टीकी नेत्री एवम् पूर्वसभामुख नान्सी पेलोसी नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा दुई देशबीच रही आएको सम्बन्ध अझ प्रगाढ बनाउने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस