३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राधिकरणले तोक्यो जलाशय र अर्ध जलाशय आयोजनाको विद्युत् खरिद दर

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बढी विद्युत् माग हुने समयमा विद्युत् उपलब्ध गराउने जलविद्युत् प्रवद्र्धकलाई प्रतियुनिट १२ रुपैयाँ ४० पैसा उपलब्ध गराउने भएको छ ।

प्राधिकरणले प्रस्ताव गरेको नयाँ विद्युत् खरिद दरअनुसार मङ्सिर १६ देखि जेठ १५ गतेसम्म सो महसुल उपलब्ध गराउने भएको हो ।जलाशययुक्त आयोजना निर्माणका लागि प्रोत्साहित गर्ने लक्ष्यका आधारमा प्राधिकरणले जेठ १६ गतेदेखि मङ्सिर १५ सम्म प्रतियुनिट ६ रुपैयाँ ३ पैसामा विद्युत् खरिद गरिनेछ । छ महिनाको ऊर्जा कुल वार्षिक ऊर्जा उत्पादनको ५० प्रतिशत भएमा प्रतियुनिट ७ रुपैयाँ १० पैसामा विद्युत् खरिद गरिनेछ ।

यस्तै अर्ध जलाशयुक्त आयोजनाको हकमा पनि प्राधिकरणले नयाँ विद्युत् खरिद दर कायम गरेको छ । सुक्खायाम विशेषगरी मङ्सिर १६ गतेदेखि जेठ १५ सम्म पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने अर्ध जलाशयुक्त आयोजनालाई प्रतियुनिट ८.५० उपलब्ध गराउनेछ ।

त्यसमा एक घन्टासम्म दुई घन्टाभन्दा कम समय विद्युत् उपलब्ध गराए प्रतियुनिट ८ रुपैयाँ ५० पैसा, दुई घन्टादेखि तीन घन्टासम्मभन्दा कम प्रतियुनिट ८ रुपैयाँ ८० पैसा, तीन घन्टादेखि चार घन्टाभन्दा कम ९ रुपैयाँ ४० पैसा, चार घन्टादेखि छ घन्टासम्म नियमित विद्युत् विद्युत् उपलब्ध गराए १० रुपैयाँ ५५ पैसा प्रतियुनिटमा विद्युत् खरिद गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

अर्ध जलाशय आयोजना हुनका लागि न्यूनतम एक घन्टादेखि छ घन्टासम्म नियमित रुपमा विद्युत् उपलब्ध गराउनु पर्ने, मङ्सिर १६ देखि जेठ १५ सम्म ६ महिनाको ऊर्जा कुल वार्षिक ऊर्जाको न्युनतम् ३० प्रतिशत ऊर्जा हुनुपर्ने प्रावधान राखिएको छ ।

प्राधिकरणको नयाँ प्रावधानबाट निजी क्षेत्रका ऊर्जा उद्यमीलाई फाइदा पुग्ने विश्वास लिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस