मनिलामा विस्फोट हुँदा दुईको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मनिलामा विस्फोट हुँदा दुईको मृत्यु


२४ बैशाख २०७४, आइतबार


फिलिपिन्स । फिलिपिन्सको राजधानी मनिलामा भएका दुई विस्फोटमा परी कम्तीमा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार मनिलाको क्वियाप्पो क्षेत्रमा स्थानीय समयअनुसार साँझ ५ बजेर ५० मिनेट जाँदा पहिलो विस्फोट भएको थियो भने सोही ठाउँमा ८ बजेर ३० मिनेट जाँदा अर्को विस्फोट गराइएको प्रहरी स्रोतले जनाएको छ । दुवै घटनामा चारजना अन्य घाइते भएका छन् ।

प्रहरीले विस्फोटक पदार्थको प्रकृतिबारे अनुसन्धान सुरु गरेको छ । घटनाको कुनै समूहले जिम्मेवारी लिएको छैन ।

फिलिपिन्सले दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन आसिएन सम्मेलनको आयोजना गरिरहेका बेला गतहप्ताको शुक्रबार पनि एक विस्फोट गराइएको थियो । उक्त घटनामा १४ जना घाइते भएका थिए ।रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस