चट्याङ पर्दा दुई चौपायाको मृत्यु « प्रशासन
Logo ११ मंसिर २०७८, शनिबार
   

चट्याङ पर्दा दुई चौपायाको मृत्यु


२२ बैशाख २०७४, शुक्रबार


सोलुखुम्बु । बिहीबार अपराह्न ४ बजे परेको चट्याङका कारण नेचा सल्यान गाउँपालिका–३ भट्टराई टोलमा चुडामणि भटृराईको गोठमा आगलागी भएको छ ।

सामान्य बर्सातसँगै परेको चट्याङ लागेर आगलागी हुँदा गोठमा रहेका भैँसी र पाडाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको गोठमा लागेको आगो स्थानीयवासी र नेपाल प्रहरीको प्रयासपछि नियन्त्रणमा आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस