पोखरीमा बालिकाको शव फेला « प्रशासन
Logo ११ मंसिर २०७८, शनिबार
   

पोखरीमा बालिकाको शव फेला


२१ बैशाख २०७४, बिहिबार


महोत्तरी। महोत्तरीको सोनमा गाउँपालिकामा एक बालिकाको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको छ । बिहिबार एकाबिहानै साबिकका सुन्दरपुर गाविस–४ का विनोद रामकी ८ वर्षीया छोरी चञ्चला राम मृतावस्थामा पोखरीमा फेला परेकी छन् ।

गाउँभन्दा पाँचसय मिटर दूरीमा रहेको स्थानीयवासी गोवद्र्धन रायको पोखरीमा ती बालिकाको शव तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

बुधबार दिनभरि हराइरहेकी ती बालिका बिहिबार पोखरीमा मृतावस्थामा फेला परेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए । मृतक बालिकाको शवपरीक्षणका लागि जलेश्वर पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस