महाभियोग प्रस्ताव फिर्ता नभए एमालेले संसद् चल्न नदिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महाभियोग प्रस्ताव फिर्ता नभए एमालेले संसद् चल्न नदिने


२१ बैशाख २०७४, बिहिबार


काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता नलिइए आफ्नो पार्टीले व्यवस्थापिका–संसद् चल्न नदिने बताएका छन् । संसद्को बैठक बिहिवार दिउँसो बस्दैछ ।

एमाले केन्द्रीय प्रचार विभागले पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारले चाहेको जस्तो फैसला नभएको भन्ने आधारमा स्वतन्त्र न्यायालयमाथि एकाएक त्यस्तो प्रस्ताव ल्याइनु गलत भएको बताए । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका दुईसय ४९ सांसद्ले यही वैशाख १७ गते सो प्रस्ताव संसद्मा दर्ता गराएका थिए ।

उनले निर्वाचन सम्बन्धमा स्थानीय आवश्यकता र जितको सुनिश्चितता एवम् मुद्दाका आधारमा स्थानीय निर्वाचनमा तालमेल गरिएको पनि बताए । रासस

प्रतिक्रिया दिनुहोस