अक्तियारको प्रमुख आयुक्तमा दीप बस्नेत सिफारिस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अक्तियारको प्रमुख आयुक्तमा दीप बस्नेत सिफारिस


१९ बैशाख २०७४, मंगलबार


काठमाडौं । संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्नेतलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार अपरान्ह बसेको परिषदको बैठकले बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।

आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्चले अयोग्य भन्दै पदबाट हटाउनेआदेश दिएपछि रिक्त रहेको प्रमुख आयुक्तमा बस्नेतलाई सिफारिस गरिएको हो ।

अख्तियारको प्रमुख आयुक्तमा सिफारिस भएका बस्नेतलाई संसदीय सुनुवाईपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस