सरकारको ध्यानाकर्षण गराउँदै आयोगले भन्यो-निर्वाचनको बीचमा बजेट नल्याउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारको ध्यानाकर्षण गराउँदै आयोगले भन्यो-निर्वाचनको बीचमा बजेट नल्याउ


प्रशासन विशेष ब्युरो

१६ बैशाख २०७४, शनिबार


काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगको शनिबार बसेको बैठकले निर्णय गरेको छ –“एक महिनाको अन्तरालमा हुने दुई चरणका निर्वाचनका बीच सरकारले नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता अनुकूल नहुने भएकोले सरकारले प्रस्तुत गर्ने वार्षिक नीति तथा कार्यक्रम र बजेटले दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न सक्ने देखिएको हुँदा सो सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गर्ने ।”

निर्वाचन आयोगले २०७३ फागुन १८ गतेदेखि लागु हुने गरी स्थानीय तह निर्वाचन आचारसंहिता लागु गरेको छ भने सो आचारसंहिता दोस्रो चरणको निर्वाचन अवधिभर समेत यथावत कायम रहने हुँदा दुवै निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउँदा निर्वाचन आचार संहिचा अनुकूल नहुने आयोगको निर्णयमा उल्लेख छ ।

सरकारको गरेको निर्णय अनुशार यही बैशाख ३१ गते पहिलो र जेठ ३१ गते दोस्रो चरणको निर्वाचनको मिति घोषणा भइ निर्वाचनका कार्यक्रमहहरु समेत सार्वजनिक भइसकेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस