ट्र्याक्टरले किच्दा एकको मृत्यु, दुईजना घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ट्र्याक्टरले किच्दा एकको मृत्यु, दुईजना घाइते


१५ बैशाख २०७४, शुक्रबार


बस दुर्घटना

सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीमाडीको शान्तिनगर चोकमा आज साँझ ट्र्याक्टरले थिच्दा सिन्धुली कमलामाई नगरपालिका–८ करकरेका वीरबहादुर विकको घटनास्थलमा मृत्यु भएको छ ।

माझीटारबाट सिन्धुली, ढुङ्ग्रेबासतर्फ जाँदै गरेको ना ३ त ४०९९ नंको ट्र्याक्टरले यात्रुवाहक बस कुरेर बसिरहेका विकलाई ठक्कर दिएको थियो । दुर्घटनामा रामेछाप, कठाजोरका कृष्णबहादुर नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।

यसैगरी रातमाटाबाट बजारतर्फ जाँदै गरेको ज ९ प ६०३६ नं.को मोटरसाइकललाई सोही ट्र्याक्टरले ठक्कर दिँदा सिन्धुली, गोलञ्जोर गाउँपालिका–१ डुँडभन्ज्यााङका उज्वलप्रसाद न्यौपाने घाइते भएका छन् । न्यौपानेको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको सिन्धुली अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस