अफगान तालिवानद्वारा आक्रामक आक्रमणको घोषणा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अफगान तालिवानद्वारा आक्रामक आक्रमणको घोषणा


१५ बैशाख २०७४, शुक्रबार


काबुल । अफगानिस्तानमा शुक्रबार तालिवान आतङ्ककारी समूहले बसन्त क्रृतुको सुरुवातसँग ‘बसन्त क्रृतु आक्रामक’ नामक आक्रमणको घोषणा गरेका छन् ।

गत एक हप्ताअगाडि अफगानिस्तानको बाल्ख प्रान्तको मजार ए सरिफ सहरको बाहिरी इलाकामा रहेको एक सैनिक शिवीरमा गरेको भीषण आक्रमणपछि तालिवानले आक्रामक आक्रमणको घोषणा गरेका छन् ।

गत शुक्रबार सैनिक पोसाकमा रहेका बन्दुकधकारीहरुले उक्त सैनिक शिवीरमा गरेको आक्रमणमा परी कम्तीमा १३५ जना युवा नयाँ सैनिकको मृत्यु भएको थियो ।

यस घटनामा मारिएका आफ्ना आफन्तको अन्तिम संस्कार गरी सकेपछि आफन्त गुमाएर अत्यन्त क्रोधित भएका आफन्तजनले मन्त्री र सेनाप्रमुखको राजीनामाको माग गरेका थिए । जनताको सोही आवाजको कदर गर्दै यहाँका प्रतिरक्षा मन्त्री र उनका सेना प्रमुखले आफ्नो पदबाट सोमबार राजिनामा दिएका थिए ।

यस घटनापछि अफगान अधिकारीले कम्तीमा ३५ जना सैनिकलाई पक्राउ गरेका थिए । अफगानिस्तानमा सन् २००१ बाट सुरु भएको तालिवानसँगको युद्धमा सैनिक पोसाकमा र आफ्ना सहकर्मीबाट बारम्बार आक्रमण हुने गरेको छ । यस प्रकार सहकर्मीबाट हुने गरेको आक्रमणमा आफ्नै देशका सहकर्मी अन्तर्राष्ट्रिय सेनामाथि आक्रमण भएको पाइन्छ ।

तालिवान सत्ताबाट हटेको १५ वर्ष पछाडि पनि गत शुक्रबार भएको सैनिक शिविरलक्षित यो आक्रमण अत्यन्त भीषण थियो । सैनिकको पोसाक र आत्मघाती भेस्ट लगाएका १० जना बन्दुकधारीले शिविरको मस्जिद र डाइनिङ्ग हलमा फैलिएर रहेका निःसशस्त्र सैनिकमाथि गोली प्रहार गर्न सुरु गरेका थिए ।

सन् २०१४ को अन्त्यमा अमेरिकी आवद्ध नेटो सैनिकले अफगानिस्तानमा जारी तालिबानसँगको युद्धमा आफूहरू सो युद्धमा नजाने घोषणा गर्दै प्रायःनेटो सैनिक त्यहाँबाट फर्किएपछि अफगानिस्तानमा सुरक्षाकर्मीमाथिको आतङ्ककारी आक्रमण बढेको बताइन्छ ।

अमेरिकी निगरानीकर्ता सिगारका अनुसार सन् २०१६ मा अफगानिस्तानमा छ हजार आठ सय सैनिक र प्रहरी तालिवानले गरेको विभिन्न आक्रमणमा मारिएका थिए । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस