२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् चोरीमा संलग्न १३ पक्राउ

अ+ अ-

झापा । विद्युत् चोरी गरेर खेतमा पानी लगाउने तथा घरमा विद्युतीय उपकरण जडान गरी घरायसी सामग्री प्रयोग गरिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।

विद्युत् चुहावट नियन्त्रण टोलीले बिर्तामोड नगरपालिका–२ चारपाने र चैतुवारी भन्नेस्थानबाट बिहिवार बिहान एक महिलासहित १३ जनालाई विद्युतीय उपकरणसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शिवकुमार लिम्बू, खड्गप्रसाद लिम्बू, वासु गौतम, गुरुदेव लिम्बू, जयप्रसाद इजम, शम्भू राजवंशी, जमुना राजवंशीलगायत रहेका छन् । उनीहरुलाई पानी तान्न प्रयोग गरिएका मोटर, घरमा जडान गरिएका पङ्खालगायत विद्युतीय उपकरणसहित पक्राउ गरिएको नेपाल विद्युत प्राधिकरण, अनारमनी वितरण केन्द्रका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिए ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोली र प्राधिकरणको विद्युत् चुहावट नियन्त्रण टोलीले विद्युत् चोर्दाचोर्दै नियन्त्रणमा लिइएको बताइएको छ ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको केन्द्र प्रमुखसमेत रहेका सिंहले जानकारी दिए । उनीहरुलाई विद्युत् चुहावट नियन्त्रण ऐन, २०४९ अनुसार कारबाही गरिने बताइएको छ ।

प्राधिकरणले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म विद्युत् चोरीमा संलग्न तीनसय ६२ जनालाई विद्युतीय उपकरणसहित पक्राउ गरेको छ जसबाट ३० लाख राजस्व सङ्कलन भएको केन्द्र प्रमुख सिंहले बताए । रासस

प्रतिक्रिया दिनुहोस