संशोधन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संशोधन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत


१४ बैशाख २०७४, बिहिबार


काठमाडौँ । व्यवस्थापिका–संसद् बैठकले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

संसद्को बुधवार तेस्रोपटक बसेको बैठकमा संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुँदा सभामुख ओनसरी घर्तीले बहुमतले स्वीकृत भएको घोषणा गरेकी थिइन् ।

यसअघि संसद् बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय शङ्कर नायकले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तावउपर छलफलका क्रममा यसअघि गणपूरक सङ्ख्या नपुगेपछि बैठक आधा घन्टाका लागि स्थगित भएको थियो । संसद्को अर्को बैठक यही वैशाख १७ गते बिहान ११ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस