केन्यामा भएको दुर्घटनामा २७ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

केन्यामा भएको दुर्घटनामा २७ जनाको मृत्यु


प्रशासन संवाददाता

१२ बैशाख २०७४, मंगलबार


केन्या(एजेन्सी) । केन्याको नैरोबी मोम्बासा राजमार्गमा मङ्गलबार भएको दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ ।

तेल बोकेको ट्याङ्कर र यात्रुबहाक बस एक आपसमा ठोक्किँदा भएको यस दुर्घटनामा अन्य कैयौं यात्रु घाइते भएका छन् ।
नैरौबीतर्फ गइरहेको यात्रुबहाक बस माकिन्दुनजिकै काम्बु भन्ने ठाउँमा मध्यरातमा एक तेलट्याङ्करसँग ठोक्किँएर दुर्घटनामा परेको किब्वेजीका विभागीय प्रहरी प्रमुख लेओनार्द किमाइयोले जानकारी दिए ।

उनले बसका चालकले अर्को सवारी साधनलाई उछिन्न खोज्दा ट्याङ्करसँग ठक्कर खान पुगेको बताए । गम्भीर घाइतेको सङ्ख्या धेरै भएकाले मृत्यु हुनेको सङ्ख्या पनि अझै बढ्न सक्ने उनले अनुमान गरेका छन् ।

अफ्रिकी मुलुकमध्ये केन्या सवारी दुर्घटनामा परी सबैभन्दा धेरै जनाको मृत्यु हुने देशमा पर्दछ । अत्याधिक तथा अनियन्त्रित गति र ट्राफिक नियमको उलङ्घनका कारण धेरै दुर्घटना हुने गरेको अधिकारीहरुले बताएका छन् ।

सरकारी तथ्यांकका अनुसार पूर्वीअफ्रिकी मुलुकहरुमा वार्षिक तीन हजार जनाको सवारी दुर्घटनामा परी मृत्यु हुने गरेको छ । तीमध्ये आधाजति पैदलयात्रु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस