व्यवस्थापिका संसद बैठकमा एमालेको अवरोध « प्रशासन
Logo ११ फाल्गुन २०८०, शुक्रबार
   

व्यवस्थापिका संसद बैठकमा एमालेको अवरोध


प्रशासन संवाददाता

१२ बैशाख २०७४, मंगलबार


काठमाडौँ । नेकपा एमालेले व्यवस्थापिका संसदको बैठक अवरुद्ध गरेको छ । मंगलवार संसद् बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गङ्गालाल तुलाधरले सरकारले सदनमा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव जायज नभएको भन्दै त्यसप्रति विरोध जनाएका थिए ।

सम्बन्धित मन्त्रीले संविधान संशोधनको प्रस्तावका सम्बन्धमा सदनलाई जानकारी नगराइकन बैठक अगाडि जान नसक्ने तर्क उनले गरे । उनको सो भनाइलगत्तै एमालेका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । सभामुख ओनसरी घर्तीले पटक÷पटक आशनग्रहण गर्न आग्रह गरेपनि उनीहरु नमानेपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको थियो ।

संविधान संशोधनका विषयमा आफूहरुसँग कुनै सल्लाह नगरेको बताउँदै आएको एमालेले त्यसबारेको जानकारी माग गरेको हो । त्यसपछि पनि एमालेले बैठक चल्न नदिने बताएपछि संसद बैठक बुधबार ११ बजेसम्मका लागि स्थगन गरिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस