१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिद्वारा भूकम्पले भत्काएको भक्तपुरका सम्पदाको अवलोकन

अ+ अ-

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार विश्वसम्पदा सूचीमा रहेको दरबार स्क्वायर क्षेत्रका सम्पदाको अवलोकन गरेकी छन् ।
गोरखा भूकम्प गएको दुई वर्ष पुगेको दिन मंगलवार राष्ट्रपति भण्डारीले भूकम्पले भत्काएका सम्पदा र पुनःनिर्माणको अवस्थाबारेमा जानकारी लिएकी हुन् । उनले यहाँ पुनःनिर्माण भइरहेको दरबार स्क्वायर ढोका, रामेश्वर, बद्री, केदार, वत्सला मन्दिरलगायत दरबार क्षेत्र परिसरभित्र भूकम्पले भत्काएका मन्दिर, लामोपाटी सत्तल, राष्ट्रिय कला सङ्ग्रहालय, पशुपति मन्दिरलगायत सम्पदाको अवलोकन गरेकी हुन् ।

उनले अवलोकनसँगै भूकम्पले भत्काएका सम्पदाको पुनःनिर्माणका क्रममा परम्परागत रुपमा रहेका मौलिक संस्कृतिको संरक्षण हुनेगरी काम गर्नुपर्ने बताइन् । स्थानीय स्रोत साधन र जनशक्तिको प्रयोग हुनुपर्नेमा जोड दिँदै उनले पुनःनिर्माणलाई तीव्रता दिनुपर्ने बताएकी थिइन् । भण्डारीले पुनःनिर्माणका लागि काठ अभाव भए नभएबारेमा समेत जिज्ञासा राखेकी थिइन् ।
राष्ट्रपति भण्डारीलाई प्रजिअ द्रोण पोखरेल, स्थानीय समन्वय समितिका अधिकारी धुव्रबहादुर कोइराला, भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत रोहितराज पोखरेल, पर्यटन शाखा प्रमुख गौतम लासिवा, पुरातत्व तथा दरबार हेरचाह कार्यालयका टोलीलगायतले स्वागत गर्दै सम्पदाको भूकम्पपछिको अवस्था र पुनःनिर्माणबारे जानकारी गराएका थिए । रासस

प्रतिक्रिया दिनुहोस