४० प्रतिशत निजी घरको पुनः निर्माण कार्य जारी– प्राधिकरण « प्रशासन
Logo १९ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

४० प्रतिशत निजी घरको पुनः निर्माण कार्य जारी– प्राधिकरण


११ बैशाख २०७४, सोमबार


काठमाडौँ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्पले क्षति पु¥याएका निजी घरमध्ये ४० प्रतिशत घरको पुनः निर्माण कार्य जारी रहेको जनाएको छ ।

प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा छ लाख २६ हजार ६९५ घर क्षति भएको सूची दर्ता भएको थियो । तीमध्ये ४० प्रतिशत घरधनीले घर पुनः निर्माण सुरु गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आफ्ना कामका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा ती जिल्लाका पाँच लाख ६२ हजार २७८ लाभग्राहीले अनुदानका लागि सम्झौता गरेका र तीमध्ये पाँच लाख ४३ हजार ६०६ लाभग्राहीले आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेको जानकारी दिए ।

यसैगरी दोस्रो किस्ता भुक्तानीका लागि ३४ हजार १९४ निवेदन परेकोमा १४ हजार ५५७ लाभग्राहीका घर प्रमाणितसमेत भएको र लाभग्राही आफैँले निर्माण गरेका घर १८ हजार ६३३ पुगेको जानकारी सो अवसरमा दिइयो ।

प्राधिकरणले अति प्रभावित १४ जिल्लाबाहेक प्रभावित १७ जिल्लामा ९० हजार लाभग्राही पहिचान गरी अनुदान सम्झौता सुरु भएको र अनुदान सम्झौता गरी पहिलो किस्ता वितरण कार्यलाई तीव्रता दिइएको पनि जनाएको छ ।

भूकम्पले काठमाडौँ उपत्यकाभित्र क्षति पु¥याएका ७५० सम्पदामध्ये बौद्धनाथ स्तूप, नागार्जुन नपास्थित जमाचो पार्टी, कीर्तिपुरको लोहदेग, इचंगुनारायण सत्तल, हनुमानढोका भित्रको नाट्येश्वर मन्दिर, तलेजु भवानी मन्दिर लगायतको निर्माण सम्पन्न भएको र पाटन दरबार क्षेत्र, वसन्तपुर दरबार क्षेत्र, स्वयम्भु क्षेत्र, पशुपति क्षेत्र र चाँगुनारायण परिसर पुनः निर्माण जारी रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्द पोखरेलले भूकम्पपीडितलाई सामूहिक रुपमा तीन लाख ऋण दिने कार्यविधि अर्थमन्त्रालयमा पुगेको र चाँडै कार्यान्वयनमा आउने जाकारी दिँदै अर्को हप्तादेखि भूकम्पले क्षति पु¥याएका निजी घरका पुनः परीक्षण गरिनेछ भने ।

प्राधिकरणले भूकम्प प्रभावित जिल्लाबाट आएका एक लाख ६२ हजार गुनासामध्ये एक लाख ४० हजारको फछ्र्यौट भइसकेको जनाएको छ । पुनः गुनासो आउनेक्रम नरोकिएपछि प्राधिकरणले क्षति भएका घरको पुनः परीक्षण गर्न लागेको हो ।

आगलागी, बाढीपहिरोभन्दा फरक प्रकृतिको विपद् भूकम्प भएकाले यसले पु¥याएको क्षतिको पुनः निर्माणमा समय लाग्ने स्पष्ट पार्दै कार्यकारी अधिकृत प्रा. डा. पोखरेले भने– ‘प्राधिकरणले घर बनाइदिने होइन, घर बनाउन सहजीकरण मात्र गर्ने हो ।’

उनले पुनः निर्माणका लागि आवश्यक जनशक्ति उत्पादन गर्न तालिम, स्थानीय स्रोतसाधन उपयोग गर्न प्राधिकरणले ध्यान दिएको जानकारी दिँदै यससम्बन्धी कार्यविधि सरलीकरण गरिँदै लगिएको पनि बताए ।

कार्यकारी अधिकृत प्रा. डा. पोखरेलले भने, “पुनः निर्माण त लर्निङ वाई डुइङ हो, आइपर्ने चुनौती समाधान गर्दै सिक्दै जाने विषय हुन् ।”

प्राधिकरणका प्रवक्ता एवम् सहसचिव यमनाथ भुसालले पुनः निर्माणका लागि हालसम्म ५२ हजारलाई विभिन्न किसिमका तालिम प्रदान गरिसकिएको र यस कार्यमा २३ गैरसरकारी संस्थालाई सहभागी गराइएको जानकारी दिए ।

उनकाअनुसार हालसम्म भूकम्पले क्षति पु¥याएका एक हजार ५९ विद्यालय, ९२९ स्वास्थ्य संस्था र पाँच हजार २३३ खानेपानी योजनाको पुनः निर्माण द्रुतरुपमा भइराखेका छन् ।

सो अवसरमा प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भुसालले पुनः निर्माणलाई सरलीकृत बनाउन प्राचीन स्मारक संरक्षण, जीर्णोद्धारसम्बन्धी कार्यविधि २०७४, निजीआवास अनुदान कार्यविधि, २०७३ संशोधन, बस्ती स्थानान्तरण कार्यविधि २०७३ स्वीकृत, गैरसरकारी सस्था सञ्चालन कार्यविधि २०७२ संशोधन भएको जानकारी दिए ।

उनले नेपाली सेनाको जनशक्तिलाई क्षतिग्रस्त विद्यालयको भवन पुनः निर्माणमा परिचालन गर्न तालिम प्रदान गरिएको, जोखिम बस्ती स्थानान्तरणका लागि आवश्यक कार्य सुरु गरिएको पनि बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस