कोरियाली प्रायद्वीपका सम्बन्धमा ट्रम्प–अबे टेलिफोन वार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरियाली प्रायद्वीपका सम्बन्धमा ट्रम्प–अबे टेलिफोन वार्ता


प्रशासन संवाददाता

११ बैशाख २०७४, सोमबार


टोकियो(एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच कोरियाली प्रायद्वीपमा पछिल्लो समयमा देखिएको असहजताका विषयमा सोमबार टेलिफोनवार्ता भएको छ ।

जापानी प्रधानमन्त्री आबेलाई अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार फोन सम्पर्क गरेका थिए ।

कोरियामा पछिल्लो समयमा शान्ति भड्किएको छ । सो असहज परिस्थितिको नियन्त्रण कसरी गर्ने भन्ने बारेमा उनीहरुबीच कुराकानी भएको जापानी समाचार समिति, क्योडोले जानकारी दिएको छ ।

आबेले वार्ताका क्रममा भएको कुराकानीमा उक्त अशान्तिको अवस्थालाई कसरी समाधान गर्ने भन्ने बारेमा छलफल भएको जानकारी दिएको समाचारमा जनाइएको छ । त्यसक्रममा उत्तर कोरियालाई शान्ति र संयमता अपनाउनका लागि आग्रह गर्ने बारेमा छलफल भएको थियो ।

उत्तर कोरियामा अहिले पनि आणविक परीक्षणको होडबाजी भइरहेको बताइएको छ । उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गर्ने गरेको छ ।

फेरि पनि उसले एक दुई दिनमै अर्को परीक्षण गर्नसक्ने अनुमानहरु विश्वव्यापी रुपमा नै गरिरहेको छ । सो विषयमा पनि उनीहरुबीच कुराकानी भएको पनि ह्वाइटहासले जानकारी दिएको छ । यदि फेरि पनि यस्तो आणविक परीक्षण गरिएमा यसको जवाफ सैनिक कारबाहीबाट दिने चेतावानी अमेरिकी राष्ट्रपति ट्रम्पले दिएका छन् ।

तर पनि यस्तो कारबाही आफूमाथि गरिएमा यसका विरुद्धमा आफूले आणविक आक्रमण गरेरै दिने उत्तर कोरियाले पनि बताउँदै आएको छ ।

अमेरिकी राष्ट्रपतिले विगतका केही समयदेखि नै उत्तर कोरियाका सामु आणविक परीक्षणसहित सबै प्रकारका विकल्प राखिएको जानकारी दिँदै आएका छन् । यसको उत्तर कोरियाली नेताले कडा जवाफ दिँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस