काठमाडौं महानगरपालिकाबाट दोब्बर भन्दा बढी कर सङ्कलन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौं महानगरपालिकाबाट दोब्बर भन्दा बढी कर सङ्कलन


प्रशासन संवाददाता

११ बैशाख २०७४, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु अर्थिक वर्षमा लक्ष्य भन्दा दोब्बर बढी विज्ञापन कर सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्षमा एक करोड ५० लाख विज्ञापन कर असुल गर्ने लक्ष्य लिएको कामपाले यही बैशाख सात गतेसम्म ५ करोड ७२ लाख ८३ हजार २२० राजस्व असुल गरिसकेको राजस्व महाशाखा प्रमुख धुव्र काफ्लेले जानकारी दिए ।
उनका अनुसार कामपाले नियमविपरीत विभिन्न स्थानमा राखिएका विज्ञापनका होडिङबोर्डलाई कानुनको दायरमा ल्याउने र नियमबाहिर रहनेलाई कारबाही थालिएकाले लक्ष्य भन्दा निकै बढी कर सङ्कल भएको हो ।
सोही अनुसार राजस्व सङ्कलन भएमा आलु आर्थिक वर्षको अन्तिम सम्ममा सात करोडसम्म विज्ञापन कर सङ्कलन हुने अनुमान कामपाको छ ।
आर्थिक वर्ष २०७२/७३ मा सोही शिर्षकको करमा चार करोड ३६ लाख ८ सय ४३ कर सङ्कलन भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस