सल्यानमा अनुमति नलिई ११ विद्यालय सञ्चालनमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सल्यानमा अनुमति नलिई ११ विद्यालय सञ्चालनमा


११ बैशाख २०७४, सोमबार


सल्यान । सल्यानमा अनुमति नलिएर ११ विद्यालय सञ्चालनमा रहेको पाइएको छ ।

जिल्लाका विभिन्न स्थानमा प्राथमिक तहका निजी विद्यालय अनुमति नलिएर सञ्चालन भइरहेको जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ ।

अनुमति नपाएका कक्षामा विद्यार्थीलाई पढाउँदा त्यसको मान्यता नहुने भएकाले विद्यार्थीलाई समस्या हुने जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ । जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले विद्यालय सञ्चालनका लागि पूरा गर्नुपर्ने सबै प्रक्रिया पूरा नगर्ने र तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन गर्ने प्रवृत्ति देखिएको र यसलाई रोक्न विशेष पहल गरेको बताए ।

अनुमति नलिई सञ्चालन भएका विद्यालयलाई १५ दिनभित्र विद्यालय बन्द गर्न निर्देशन दिइसकेको उनले बताए । जिल्लाका विभिन्न १८ निजी विद्यालयले तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन गरिरहेको पाइएको छ । यस शैक्षिक शत्रदेखि एक बिद्यालयले पनि अनुमति नलिएर कक्षा पढाएको पाइएमा उसको कारबाही स्वरुप अनुमति खारेजीसम्म गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

अनुमति बिना सञ्चालन रहेका विद्यालयमा बालबालिकालाई भर्ना नगर्नसमेत अभिभावकलाई जिशिअ सुवेदीले अनुरोध गरे । रासस

प्रतिक्रिया दिनुहोस