पूर्वी भारतीय राज्य झारखण्डमा बस दुर्घटना, ८ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्वी भारतीय राज्य झारखण्डमा बस दुर्घटना, ८ जनाको मृत्यु


११ बैशाख २०७४, सोमबार


बस दुर्घटना

नयाँदिल्ली(एजेन्सी) । पूर्वी भारतीय राज्य झारखण्डमा एउटा बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु हुनाका साथै अन्य ४० जना घाइते भएका भारतीय प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना झारखण्ड राज्यको प्रान्तीय राजधानी राँचीनजिकै पिथौरिया भन्ने ग्रामीण इलाकामा भएको छ ।

स्थानीय एक बिबाह उत्सव मनाउन गैरहेका निम्तालुहरु दुर्घटनामा परेका छन् । गर्मीका कारण केही यात्रुहरु बसको छतमा बसी यात्रा गरिरहेका र बस निकै तेज गतिमा दौडाइएको थियो ।

तेज गतिमा कुदिरहेको बसका चालकले गन्तब्य पुग्नुभन्दा अघि घुम्तीमा सन्तुलन गुमाउन पुग्दा बस नै तीन बल्ड्याङ्ग खान पुगी दुर्घटनाग्रस्त भएको प्रहरी श्रोतले जनाएको छ ।

दुर्घटनाग्रस्त बसका यात्रुहरुको उद्धार गर्न ठूलो सङ्ख्यामा स्थानीय गाउँबासीहरु तथा प्रहरीहरु दौडँदै घटनास्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस