१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगर प्रमुख बन्न ‘पिआर’ परित्याग

अ+ अ-

सोलुखुम्बु । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलु दूधकुन्ड नगरपालिकाको प्रमुख पदको उम्मेदवार बन्न नेकपा एमालेका नेता आङ दामी शेर्पाले अमेरिकी स्थायी बसोवास अनुमति पत्र (पिआर) परित्याग गरेका छन् ।

प्रमुखको आकाङ्क्षी रहेका शेर्पाले एक महिना अघि नै पिआर त्यागेका हुन् । शेर्पाले भने “पिआर नत्यागे पनि उम्मेदवार बन्न त पाइन्थ्यो तर विपक्षीले त्यहीँ विषयलाई विरोधको मुद्दा बनाउछन् भनेर मैले पिआर त्यागेको हुँ ।”

छ वर्षअघि पिआर प्राप्त गरेका शेर्पा त्यसपछि अमेरिका आवातजावात गर्दै आएका छन् । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा साविकको सल्लेरी गाविसको अध्यक्ष बनेका शेर्पाको सोलु दूधकुन्ड नगरपालिकाको उम्मेदवारी भने सर्वसम्मत हुनसकेन । आकाङ्क्षी बढी भएका कारण एमाले सोलुखुम्बुले मेयर पदका लागि शेर्पासहित सात जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । उम्मेदवारका लागि जिल्लाका थुप्रै शिक्षकले पनि राजिनामा दिन थालेका छन् ।

यस्तै नेपाल शिक्षक सङ्घका जिल्ला सदस्य समेत रहेका शिक्षक तारामान राई पनि जागिर छाड्नुको साथै पार्टी फेरेर सोताङ गाउँपालिका – २ को वडाध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका छन् ।

यस्तै लिखुपिके गाउँपालिका– ४ का हिक्मत बस्नेत पनि शिक्षक जागिर छाडेर नेकपा एमालेका तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । सोलु दूधकुन्ड नगरपालिका–७ बाट अध्यक्ष पदको उम्मेदवार बन्न शिक्षक लालमान श्रेष्ठले पनि शिक्षकबाट राजिनामा दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस