टिपर दुर्घटनामा चारको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

टिपर दुर्घटनामा चारको मृत्यु


प्रशासन संवाददाता

१० बैशाख २०७४, आइतबार


बस दुर्घटना

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ भलायवासमा आइतवार टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
सुनवलबाट पाल्पाको मरेकमा ढुङ्गा लिन आउँदै गरेको लु १ ख ९०३१ नं को टिपर दुर्घटना हुँदा टिपर चालक तिनाउ गाउँपालिका–६ का २७ वर्षीय पुरन सारु, उनकी श्रीमती २४ वर्षीया बालकुमारी, पाँच वर्र्षीय छोरा हेमेस र सोही स्थानका २२ वर्षीय बिमल कनौजेको घटनास्थलमै मृत्यु भएको दोभान प्रहरी चौकीका प्रमुख राजाराम कुर्मीले जानकारी दिए ।
टिपर सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस