ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु


१० बैशाख २०७४, आइतबार


बस दुर्घटना

हेटौँडा । काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको ना६ख १०९१ नं.को तेल ट्यांकरले हेटौँडा बजारबाट औद्योगिक क्षेत्रतर्फ जाँदै गरेको ना७प ९६२ नं.को मोटरसाइललाई आइतवार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

निधन हुनेमा मकवानपुरगढी गाउँपालिका–४ बस्ने ४८ वर्षीय घनश्याम बन्जारा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयले जनएको छ । रासस

प्रतिक्रिया दिनुहोस